मुख्य समाचार

देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक शुक्रबार विहान ९ वजे बोलाएको छ ।
२०७८ जेठ ६ गते राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि आह्वान गरे लगत्तै कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
कांग्रेसले आज विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसभित्र प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनु पर्ने तर्क छ ।
राष्ट्रपतिको कदम नेपालको संविधान विपरीत र अलोकतान्त्रिक भएको भन्दै सर्वत्र आलोचना भइरहेको बेला कांग्रेसले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *