बुटवल । सुटुक्क मन्त्री बनेको जनता समाजवादी पार्टी (जसपा) का ४ नेताको सांसद् पद गुमेको छ। सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो ।
संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीले उनीहरुलाई कारबाही गरेको हो । यसअघि उनीहरूलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ नदिएपछि संसदमा सदस्य नभएको पत्र जसपा संसदीय दलले सचिवालयमा दर्ता गराएको थियो ।
सोहीअनुसार लुम्बिनी प्रदेशसभाले बिहीबार सूचना टाँस गर्दै उनीहरू प्रदेशसभा सदस्य नरहेको जानकारी गराएको हो ।




