काठमाडौं । नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख ७३ हजार ७६० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५५५ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार १३९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ६९२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ५० हजार २२५ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ६३ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ५५५ जना रहेका छन् ।कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०६६ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।








