काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदमा नियुक्तिका लागि सिफारिस गरिएकाहरूले संसदीय सुनुवाइविनै आज पद तथा गोपनीयताको सपथ लिएका छन । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सपथ खुवाएका हुन । सदस्यहरुलाई सम्वन्धीत आयोगका प्रमुखले सपथ खुवाएका थिए ।

सरकारले गत मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो । संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मंगलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथ गराएको बताइएको छ ।





