समाचार

सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गर्ने सबैलाई सभापति देउवाले दिए बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धको प्रदर्शनमा सहभागीलाई आभार प्रकट गरेका छन । सभापति देउवाले प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने भ्रातृ संघसंगै पार्टीको सबै तहका नेता कार्यकर्ता, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने सबैमा बधाई ज्ञापन गरेका हुन ।

१३ वटा भ्रातृ संघले आज आयोजना गरेको विरोध प्रदर्शन ७७ वटै जिल्लाहरुमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ । प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको सभापति देउवाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *