रिबन

प्रचण्डको किन घोसेमुन्टो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघरमा धर्ना बसेका छन्।
गत बुधबारदेखि प्रचण्ड-नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।

सोही धर्नामा आज प्रचण्ड र नेपाल सहभागी भएका हुन्। सभामा धर्ना बसेका प्रचण्डको अनुहार भने न्याउरो देखिएको छ ।माघकाे घाममा माइतीघरकाे सडकमा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसँग लहरै बसेका थिए प्रचण्ड । उता सभालाई जागरुक र मनोन्जनात्मक बनाउन उद्घोषकले आह्वानपछि एक महिला कार्यकर्ताले गीत गाइरहेकि थिइन् । ‘रातो झन्डा रातै रुमाल नेकपालाई बचाउने हो भने भाच कम्मर रगत उमाल….’

सो गीतमा संगीत नभएपनि सहभागीले ताली बजाएर साथ दिएका थिए । धर्नाको फ्रन्टलाइनमा रहेका माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भूसालले पनि ताली बजाएर साथ दिए तर प्रचण्ड भने बेचैन भएर घुसेमुन्टो लगाएर बसेका देखिन्थे । उनले गीतमा न त मनोरन्जन गरे न त ताली पड्काएर साथ दिए । उनी त भिजेको मुसो जस्तो लुत्रुक्र परेर बसेका देखिन्थे । उनी घरी घरी मोबाइलमा बीजी पनि देखिए । रगत उमाल्ने गरी गीत गाएपनि प्रचण्डको भने ताली बजाउन हात समेत उठेन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *