रिबन

कुनै समयका अधिकारकर्मी सुबोध प्याकुरेलबाट नागरिक समाजको आन्दोलनको हुर्मत

काठमाडौं । सप्तरीका प्याकुरेल परिवारको पूर्वएमालेमा निकै दबदबा कायम थियो र छ । मानवअधिकार संगठन इन्सेकको नाममा विदेशबाट डलर ल्याउने र एमालेको संगठन विस्तार गर्नमा प्याकुरेल परिवारको निकै ठूलो योगदान मानिन्छ । त्यसैले त्यो सो परिवारका सुशील प्याकुरेल, सुबोध प्याकुरेल र सुमन प्याकुरेलले एमालेको सरकार भएका बेला राज्यसत्तामा हालीमुहाली चलाए ।

सुशील प्याकुरेल राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार नियुक्त भए । सुबोध प्याकुरेल प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । उनी इन्सेकका अध्यक्ष पनि हुन् । उनका भाइ सुमन प्याकुरेल एमालेबाट सांसद बने । भाञ्जा कुन्दन अर्याल प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार नियुक्त भए । पछि हटाइए । एक हिसाबले देशको शासनसत्ता प्याकुरेल परिवारकै कब्जामा छ भन्दा हुन्छ ।

सुबोध प्याकुरेलले मानवअधिकारको नाममा विदेशबाट डलर ल्याउने, तत्कालीन माओवादीबाट मारिएका, हिंसामा परेकाका नाममा अदालतमा मुद्दा हालेर सहयोगका नाममा डलर ल्याएर खुबै खेती गरे । नन्दप्रसाद अधिकारीलाई अनसन बस्न लगाएर उनको जीवनलीला समाप्त पार्न इन्सेककै ठूलो भूमिका रहेको मानिन्छ । अहिले गंगामाया अधिकारीलाई अनसन बसाउन पनि प्याकुरेल परिवारकै हात मानिन्छ ।

यसरी मानवअधिकारको वकालत गर्ने सुबोध प्याकुरेल अहिले बालुवाटारको चास्नीमा डुबेर नागरिक समाजको आन्दोलनको हुर्मत लिन लागेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सुबोधले नागरिक समाजको आन्दोलनलाई गिज्याएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोध गर्दै नागरिक समाज आन्दोलित छ । तर, बौद्धिक वर्गको आन्दोलनलाई चुनौती दिँदै प्याकुरेलले लेखेका छन्, ‘जनआन्दोलन–३ बालुवाटारमा प्रधानमन्त्री निवासबाट ५ सय मिटर वर प्रहरीको घेरा तोडेर अगाडि बढ्न सफल भयो । घेरा–तोड बधाई । त्यो जुलुसको गन्तव्य चाहिं कहाँको थियो ? सोधेको सोधै छु, कोही जवाफ फर्काउन्नन । अगुवाहरुको प्रचारक पनि मौनी–बाबा भए । ट्रम्पको क्यापिटल हिल काण्ड मच्चाउन हो कि ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *