काठमाडौं । सरकारले पछिल्ला तिन पटकको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलन गर्दै सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गतेको बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार माघ ८ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।




