समाचार

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अदालत र इजलासको अवहेलना निवेदन पेश

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेश भएको छ । ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन सार्वोच्च अदालतमा निवेदन पेश हो । निवेदन दर्ता भने भएको छैन ।

आइतबार वरिष्ठ अधिवक्ता डा.कुमार शर्माले कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित ओली विरुद्ध निवेदन लिएर सर्वोच्च पुगेका हुन ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा गरेको बहसलाई लिएर ओलीले सर्वाजनिक कार्यक्रममा एकजना बाजे वकिललाई समेत लिएर गएछन तमासा देखाउन भन्दै टिप्पणी गरेका थिए ।
सर्वोच्च अदालतमा हुने बहसलाई तमाशा र अदालतमा बहस गर्ने वकिललाई बाजे भनेर निन्दायुक्त शब्द प्रयोग गरेर कानून व्यवसायीलाई हासोको पात्रका रुपमा प्रस्तुत गरेर अदालत र इजलासको अवहेलना गरेको निवेदनमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *