राजनीति

प्रदेश सरकारकाे निर्णयाधिकार संसदीय दललाई दिनु ब्यवहारिक र लोकतान्त्रिक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर एक र बागमती प्रदेशको अविश्वासको प्रस्ताव सम्वन्धी आवश्यक निर्णय गर्न प्रदेश संसदीय दललाई अधिकार दिनु ब्यवहारिक र लोकतान्त्रिक हुने‘ धारणा राखेका छन ।

सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित सम्वन्धित प्रसदेशका नेताहरुसंगको छलफलमा अविश्वासको प्रस्ताव माथि आवश्यक निर्णय गर्न प्रदेश संसदीय दललाई अधिकार दिनु ब्यवहारिक र लोकतान्त्रिक हुने’ धारणा राखेका हुन ।

दुई प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्ताव माथि कांग्रेसले लिनुपर्ने निर्णय सम्बन्धी बिषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सभापति देउवाले माघ ७ गते प्रदेश १ तथा माघ ९ गते वागमती प्रदेशका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दुवै बैठकमा नेता रामचन्द्र पौडेलको सहभागीता रहेको मुख्य सचिव पौडेलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *