राजनीति

प्रदेश १ मा ओली समूह कमजोर, दाहाल-नेपाल समूह बलियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ को जिल्ला नेतृत्वमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह बलियो देखिएको छ ।

प्रदेश १ मा प्रधानमन्त्री केपी ओली समूह निकै कमजोर देखिएको छ । प्रदेशका १४ जिल्ला इन्चार्जमध्ये १३ जना दाहाल–नेपाल समूहमा देखिँदा १ जना मात्रै केपी शर्मा ओलीको समूहमा देखिएका छन् । खोटाङका इन्चार्ज विशाल भट्टराई ओली समूहमा छन् ।

सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम र झापाका इन्चार्ज दाहाल–नेपाल पक्षमा देखिएका छन् । तर ओली पक्षमा सोलुखुम्बूको जिल्ला कमिटीचाहि बलियो देखिएको छ र जिल्ला अध्यक्षमा भने दुवैको ‘हैसियत’ समान देखिएको छ । दुवै समूहमा समान ७ जिल्ला अध्यक्ष छन । दाहाल–नेपाल समूहमा ओखलढुंगा, खोटाङ, उदयपुर, संखुवासभा, तेह्रथुम, सुनसरी र ताप्लेजुङका अध्यक्ष देखिएका छन् ।

यस्तै, ओली समूहमा सोलुखुम्बु, धनकुटा, मोरङ, भोजपुर, पाँचथर, इलाम र झापाका अध्यक्ष खुलेर लागेका छन् । प्रदेश १ को जिल्ला सचिव पनि दाहाल–नेपाल समूहकै बढी छन । उक्त समूहमा ११ जिल्ला सचिव खुल्दा ओली समूहमा दुई जना मात्रै छन । प्रदेशसभामा ओली समूह अल्पमतमा देखिएको छ । अल्पमतमा देखिएपछि ओली समूह प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने रणनीतिमा देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *