राजनीति

मेलमिलाप दिवसको कार्यक्रम पश्चात कांग्रेस केन्द्रीय समिति बैठक पुनः पुस १९ मा बस्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस १९ गते आइतबार पुन : बस्ने भएको छ । पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकले पौष १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रीत रहने निर्णय गरेको मुख्य सचिव पौडेलले बताए ।

शुक्रबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, ललितपुरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *