समाचार

कांग्रेसले बोलायो पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले पुस ७ गते मंगलवार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक २०७७ पुस ७ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिसकिएको मुख्य सचिव पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *