काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएको बैठकमा पार्टी विवादलाई समाधान गर्ने विषयमा छलफल गर्ने एजेन्डा बनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले एक पत्र पठाउदै अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले कार्तिक २८ गते सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता नभएसम्म आफु बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए ।
अब स्थायी कमिटीक अर्को बैठक मंसिर २८ गते बस्ने भएको छ ।त्यस्तै, मंसिर २५ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।




