काठमाडौं ।सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले हालै सार्वजनिक गरेको प्रतिवदेन पूर्णत राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको छ । प्रमाणित नभएका आधारहीन तथ्यतथ्याङ्क जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणाबाट प्रतिवेदन अभिप्रेरित भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङले पत्रकार सम्मेलनमार्फत आरोप लगाएका हुन ।
सरकार र सत्ताधारी दललाई वदनाम गर्न खोज्ने प्रयासस्वरुप आएको सो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ सरकारको बचउ गर्दै मन्त्री गुरुङले भने ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल र तिनमा आवद्ध व्यक्तिहरुको दलीय आवद्धता, तिनका स्वच्छता, निश्पक्षता विश्वास गर्न सकिन्न । प्रतिवेदनमा समेटिएका विषयवस्तुप्रति नेपाल सरकारको असहमति भएको मन्त्री गुरुङले बताए । ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक प्रतिवेदन आफैमा सरकारप्रति पूर्वाग्रही भएको गुरुङको आरोप छ ।




