काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई बिहिबार साँझ शिष्टाचार भेट दिएकी छिन् ।
बिहिबार भेटका क्रममा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आग्रह गरेकी छिन् । राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए ।
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिवले राष्ट्रपति, प्रधानमन्त्री कांग्रेस सभापति देउवा लगाएत उच्च स्तरी नेतासँग भेटघाट गरेका छन् । बिहिबारै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो




