समाचार

फेरी सर्‍याे  कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ । कात्तिक २४ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक कात्र्तिक २७ गते बिहीबार दिनको १ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरु सहभागी हुने मुख्य सचिव पौडेलले बताए ।
संस्थापन पक्ष र संस्थापन इतरपक्ष बीचका असहमति टंग्याएर बैठक राख्ने प्रयासका लागि कांग्रेस प्रयासरत छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *