२०७६ माघ १३ गतेका दिन तीन महिनाका लागि म अमेरिका प्रस्थान गरें। तीन महिनापछी आफ्नो देश फर्कने मेरो रिटर्न टिकट थियो,तर डिसेम्बर महिनाको अन्तमा चीनमा सुरुभएको कोरोना भाइरस फेब्रुअरीको अन्तमा अमेरिकामा पहिलो चरणमा देखा पर्यो। कोरोना भाइरसले माहामारीको रुप लिदा समेत अमेरिकाको सबै राज्यमा अन्तराष्ट्रिय उडान बन्द थिएन। तर, नेपाल सरकारले मार्च महिना तिर पुरै लकडाउन घोषणा गर्यो।अन्तर्राष्ट्रिय उडान बन्द भयो, पुरै देश ठप्प भयो। नागरिकहरु आ-आफ्नो घरमा बन्दी अवस्थामा रहन बाध्य भए।
सर्वत्र संत्रास फैलियो।अमेरिकामा अप्रिल,मे, जुन, जनाई महिनामा कोविडको कारण मृत्यु हुनेको संख्या संसार कै उच्च गतिमा वृद्धि भयो। जसले गर्दा मेरो नेपाल फर्कने सेडुयल धकेलिएपछि पर्खनु सिवाय मसङ्ग अर्को बिकल्प थिएन। क्रमशः छ महिना पनि बित्दै गयो। मेरो कतार एयरलाइन्सको हवाइ टिकट सो एयरलाइन्सले नै अर्को मिति तय गरिदियो। जुनको सात तारिकमा मेरो उडान मिति निश्चित भयो । तर नेपालमा अन्तर्राष्ट्रिय हवाइ उडान बन्द रहेकोले सो मितिमा उडान हुनसकेन । जुनको अन्तमा अर्को मिति तय भयो। फेरि अर्को मिति जुलाई १५ मा तय भयो। उक्त मितिमा पनि उडान भएन र फेरि मेरो अर्को मिति अगष्ट १७ को लागि तय भयो।अगष्ट १५ बाट नियमित अन्तरास्ट्रिय उडान खुल्ने भन्ने चर्चा चल्न थालेको थियो तर नियमित उडान भएन। फेरि सेप्टेम्बर १७ बाट सुचारू गर्ने भन्ने नेपाल सरकारले मन्त्रीपरिषद को निर्णय गर्यो। तैपनी अन्तर्राष्ट्रिय उडान भएन।अन्ततः नियमित अन्तर्राष्ट्रिय उडान न भैसके पछि सेप्टेम्बर २२ मा अर्को एयरलाइन्साको महङ्गो शुल्क तिरेर टुर्किस एयरलाइन्साको टिकट लिन बाध्य भएं।टिकटको ब्ल्याक शुल्क थियो १५५० युएस डलर अर्थात नेपाली रुपैयाँ १ लाख ८२ हजार।अन्तर्राष्ट्रिय उडान हुनुभन्दा ७२ घन्टा अगाडि कोभिडको पीसीआर रिपोर्ट नेगेटिभ भएको देखाउनुपर्ने भएका कारण र मेरो फ्लाइट पटक पटक रद्ध भएका कारण मैले तीन/तीन पटक पीसीआर जाँच गर्नुपर्यो। जसको एक पटकको शुल्क थियो १५० युएस डलर (नेपाली रुपैयाँ १८ हजार ) तीनपटक को ५४ हजार रुपैयाँ तिर्नुपर्यो। फेरि मेरो ६ महिनाको भिसाको म्याद सकिएकोले सकिनुभन्दा एक हप्ता अगाडि नै तीन महिनाको लागि भिसाको म्याद थप गर्न अनुरोध गरें। उक्त म्याद थप गर्दा लाग्ने शुल्क थियो अमेरिकी डलर ५०० (नेपाली रुपैयाँ ५९ हजार ) अन्तर्राष्ट्रिय उडान खुलेको नेपाल सरकारको निर्णय हुंदाहुदै किन नियमित उडान गरिएन ? यो सबै सीएमसीसहित सम्वन्धित मन्त्रालयका जिम्मेवार मन्त्रीहरुको कमिसनको खेल र आफ्ना निकटका ट्राभल एजेन्सिहरु लाई रातारात धनार्जन गर्नु पर्ने अबैध उदेश्य थियो र त्यसै गरियो। एयरलाइन्ससङ्ग भित्री मिलिमतो गरि नागरिकलाई बढी शुल्क तिर्न बाध्य गराइयो।
गैरजिम्मेवार ओली सरकारले नेपाली नागरिकलाई दु:ख पीडा दिने रगत पसिना चुस्ने काम कोविड भाइरस सुरुआत हुनुभन्दा पहिला देखि नै थियो र हालसम्म जारी छ। यो त भयो पर्यटन क्षेत्र अन्तरगत हवाइ उडानको कथा ब्यथा।
जब म अमेरिकाबाट नेपाल फर्किएं १४ दिन होम आइशोलेसनमा बसेर त्यसको साता दिनपछि आश्विन महिनाको मध्य तिर आफ्नो कामको शिलशिलामा हेटौंडा ,नारायणगढ तिर गएं।काम सकिएपछी काठमाडौ घर फर्कने क्रममा चितवनको राम नगरमा गाडी रोकियो। मैले पनि कालो चिया र सानो बिस्कुट खाने निधो गरें। किराना पसलमा रु.१०. खुद्रा मूल्य पर्ने त्यो बिस्कुट र कालो चिया मगाएं र खाएं।कालो चिया थियो ३० मिलिलिटरको सानो कपमा। खाइसके पछि दोकानको साहु जिलाई सोधें पैसा कति भयो ? साहुजीले भन्नू भो ६५ रुपैयाँ । मैले प्रतिप्रश्न गरें ,के तपाई लाई पनि ओलली सरकारले बढी शुल्क लिनु भनेको छ ? तर ती साहु जि नाजवाफ भए र रातो अनुहार लगाए। म आफ्नो बाटो लागें।यो थियो बजारमा हुनेगरेको चिया पसलको कथा।
अर्को सार्बजनिक यातायात चढ्दा सामाजिक दूरि कायम गरी ५० प्रतिशत अतिरिक्त शुल्क लिएर यात्रु चढाउने नेपाल सरकारको निर्णय हुंदाहुदै गाडिका ड्राइभर र उनका सहयोगीले खचाखच यात्रु राखेकै हुन्छ। यो जोखिम र मारमा नेपाली नागरिक सार्बजनिक यातायातमा यात्रा गर्न विबस थिए। यसको न कतै निगरानी थियो न कतै अनुगमन। न त कार्वाही नै हुन्छ। सरकार थाहा न पाए झैं गरेको छ।लुट्नेले लुटिरहेका छन। गरिब र निमुखा भोक र गरिबिले छटपटाइरहेका छन । यतिबेला हाम्रो देश कहालीलाग्दो र दर्दनाक अवस्थमा गुज्रिएको छ। बजारमा तरकारी तथा खाध्यान्नको भाउ आकासिएको छ। यसको नियन्त्रण छैन। सरकारलाई झकझक्याउनु पर्ने बुद्धिजीवीहरु बोल्दैनन।तैंचुप मैचुप छन। प्रतिपक्षी दलको पनि मौन समर्थन जस्तो देखिएको छ। नाराजुलुस र विरोध सभा गर्ने अवस्था छैन।संचार माध्याम पनि खुलेर बोल्दैन। जुनसुकै क्षेत्रमा पनि कमिसन र घुस बिना केही काम बन्दैन।अलि टाठाबाठा सरकार निकटका माथिल्लो ओहदामा बसेकाको मात्र छिटोछरितो काम हुने गरेको छ । सामान्य नागरिकले दु:ख र झमेला झेल्नु परेकोछ।
केन्द्रीय सरकारदेखि तल्लो निकायसम्म यहि प्रवृत्तिबाट देश चलेको छ। हाम्रो समाज,हाम्रो देशले त्यहि दुर्दशा भोगिरहेको छ। सरकार राष्ट्र र नागरिकका लागि भन्दा पनि कम्युनिस्टको एउटा गुटको लागि मात्र भएकोछ। बिना सरकार जस्तै देश चलेको छ। यसको अर्थ राष्ट्र असफल भएको छ । असफल राष्ट्र भनेको देश सरकारको नियन्त्रणमा चलेको छैन। राष्ट्रको विधि बिधान ,नियम कानुनले काम गरेको छैन। नागरिक बिपत्तिमा पर्दा राज्यको गहन दायित्व हुनुपर्नेमा राज्य पन्छिएको छ । सरकारले नै पीडित नागरिकको आलो घाउमा झन नुनचुक छर्किएको छ। सरकार आफू खान दिन सक्दैन,भोका पेट भएका गरिबलाई खुलामञ्चमा खाना नबांड भन्छ।
लोकतन्त्रमा लोकतान्त्रिक सरकार वा राज्य सदैव राष्ट्र र नागरिकप्रति उत्तरदायी हुनुपर्दछ। सरकार पनि देशको नियम कानुनको परिधिभित्र रहेर चल्नु पर्दछ। मनोमानी ढङ्गले चल्न पाउंदैन।स्वएच्छाचारिता देखाउन पाउंदैन।नागरिक प्रती पूर्ण प्रतिबद्ध र जवाफदेही हुनुपर्दछ। बांच्नका लागि खान पाउनु पर्दछ वा कुनैपनि नागरिक बेसाहारा,असहाय भएमा त्यसको समाधान राज्यले गर्नुपर्छ।
नागरिक एकछाक खानको लागि सडकमा भौंतारिरहेका छन । ओली कम्युनिष्ट सरकारकोआंखाले देख्दैन। देखेर पनि किमकर्तब्यबिमुढ छ। श्रोत साधनको अभाव भएको हाम्रोजस्तो गरिब मुलुकमा झन झन भ्रष्टाचार ,आर्थिक अनियमितता र अपारदर्शी ब्यबस्थापन,जर्जर आर्थिक अवस्था भएको छ । नागरिक भोक र रोगले आक्रान्त छन। दक्षिण एसियामा रहेका संसार कै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हाम्रो देश राजनैतिक,सामाजिक,आर्थिक अवस्था लाजमर्दो भएको छ। ओली कम्युनिस्ट सरकारका कारण नेपाल र नेपालीको शिर निहुरिएको छ।
कोभिड माहामारिका कारण नेपाली नागरिक भोक र रोगले दिनानुदिन प्रताडित हुँदै गएका छन । ओली सरकार निरीह र निकम्मा भएको छ। तस्कर र माफिया को श्रोत नै ओली सरकार बनेको छ। सरकार स्वयं भ्रष्टाचार र अनैतिक कार्यमा संलग्न भएका तथ्यहरु सतहमा छताछुल्ल भएको छ।तैपनि आफ्ना भ्रष्ट र अनैतिक आसेपासेलाई काखी च्यापेर प्रधानमन्त्री ओली मैले सहि काम गरेको छु भन्न रुचाउँछन् । मैले दस कक्षामा स्कुलमा अध्ययन गर्दा सत्य शन्देश भन्ने शिर्षकको कविता पढेको थिएं,जसमा आफू कालो छ भने चम्किएको मोति पनि कालो देख्छ। दिनको सूर्यको उज्यालो र रातको चन्द्रमाको उज्यालो पनि अंध्यारो र कालो देख्छ। सिंहासनमा बसेर ओली कम्युनिस्ट सरकार जनता सम्पन्न र देश समृद्धि भएको देखेको छ। गान्धारीले झैं आंखामा पट्टि बांधेर उनका अन्धभक्त हरुले माहारानी संसार सर्बत्र ठीक छ भनेर पट्टि बांधेकि गान्धारीलाई गलत सल्लाह दिन्थे त्यसैगरी ओलीका आसेपासे हरुले पनि यहि गलत सल्लाह दिएका छन वा ओली आफै बुझेर पनि बुझ पचाएका छन।ओली सरकार मस्त चीर निन्द्रामा छ।




