काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय समिति वैठकको पुर्वसन्ध्यमा असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
थापाले आफ्नो आधिकारीक पेजमा लेखेका छन असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परिक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु। यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु ।
यसै गरी १५ गते पार्टी कार्यालयमा गरिएको परिक्षणमा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीलाई पनि कोरोना पुष्टि भएको छ । १५ गते कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी २ सय ७० जनाको स्वाव संकलन गरी परीक्षण गरिएको थियो । अझै केहीको रिपोर्ट आउन बाँकी रहेको छ ।




