रिबन

राजतन्त्र पुनर्वहालीको माग गर्दै प्रदर्शन गर्नेलाई प्रहरीको धरपक्कड

काठमाडौं । राजतन्त्र पुनर्वहाली माग गर्दै काठमाडौंको भोटाहिटीमा प्रदर्शन भयो । उक्त प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो । राष्ट्रवादी नागरिक समाजको व्यानरमा उनीहरुले कोणसभा गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

उनीहरुले गणतन्त्र विरोधी नारा लगाउदै राजतन्त्र पुनर्वहालीको माग गरेका थिए । राष्ट्रिय झन्डा बोकेका समूहले भोटाहिटी क्षेत्रमा पुगेर नाराबाजी गरेको थियो । प्रदर्शन गर्न खोज्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *