काठमाडौं । २४ घण्टामा १३ सय ५२ जना कोरोना संक्रमित थपिएका छन । ९ हजार ५ सय ८४ जनाको पीसीआर परिक्षण गर्दा १३ सय ५२ जनामा कोरोना पुष्टि भएको हो । आज ८५६ जना पुरुष र ४६९ जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ६१ हजार १ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण मुक्त भएर बुधबार ९६६ जना घर पर्किएका छन । अहिलेसम्म ४६ हजार २ सय ३३ संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ७२.१० प्रतिशत छ ।
१७ हजार ४ सय ७८ सक्रिय संक्रमित मध्ये ८ हाजार ४ सय ७ होम आईसोलेशनमा ९ हजार ७१ जना संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ७ हजार ५ सय ५१ संक्रमित छन ।
नेपालमा पीसीआर विधिबाट ९ लाख १४ हजार २९० जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।
मोरङ, सुनसरी, सिराह, काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, चितवन, जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । सोलु, मनाङ, मुस्ताङ,म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना मुक्त बनेका छन ।
आईसीयुमा १९० र भेन्टिलेटमा २६जना संक्रमित उपचाररत छन । गत २४ घण्टामा १० जना संक्रमितले ज्यान गुमाएका छन । जसमध्ये ६ महिला र ४ पुरुष छन । काठमाडौं उपत्यकामा मात्र ५ जना महिला र एक पुरुष गरी ६ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबा ४११ जनाले ज्यान गुमाइसकेका छन ।
कहा कति संक्रमित हेर्नुहाेस सूचीसहित










