काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । नेकपाले शुक्रबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको हो । नेकपा सचिवालयको बैठक पहिलो पटक कोटेश्वर पेरिसडाँडामा बस्ने भएको छ ।
बुधबार अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुई घन्टा लामो छलफल भएको थियो । सचिवालय बैठक बस्नुअघि नेकपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्नेछ । गत भदौ २६ गते बसेको स्थायी समितिको बैठकले गरेको निर्णय कार्यान्वयनमा लैजान सचिवालय बैठक बोलाइएको नेकपा स्रोतले जनाएको छ ।




