रिबन

लामो दूरीको यातायात सञ्चालन गर्न सरकार सकारात्मक, मन्त्रिपरिषद्को निर्णय कुर्दै

काठमाडौं । दशैंमा घर जान पाइन्छ कि पाइँदैन भनेर अन्यौलमा रहेका काठमाडौंवासीहरुका लागि खुशीको खबर आएको छ । असोज १ गतेदेखि नै लामो दूरीको यातायात सञ्चालन गर्न यातायात व्यवस्था विभाग सकरात्मक देखिएको छ । सुरक्षा मापदण्ड अपनाउँदै लामो दूरीको यातायात सञ्चालन गर्न दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको छ ।

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि लामो दूरीको यातायात पनि असोज १ गतेदेखि सञ्चालन आउने छ । यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालय, यातायात व्यवसायी तथा मजदुर संगठनसँग छलफल गरेर सुरक्षा मापदण्ड अपनाएर यातायात संचालन गर्न सकिने प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको थियो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै निर्धारित मापदण्ड बनाएर सार्वजनिक यातायात संचालन गर्न सकिने प्रतिवेदन मन्त्रालयमा पठाएका छौं विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले आज बस्ने मन्त्रिपरिषद् मा यो बिषयमा छलफल हुन सक्ने बताए । उनले भने, हामीले व्यवसायीहरुले सुरक्षा मापदण्ड अनुसार सार्वजनिक यातायात संचालन हुने सक्ने भनेर प्रतिवेदन पठाएका छौ अब क्याबिनेटले यो बिषयमा निर्णय गर्नेछ ।’

लकडाउनको समयमा यातायात क्षेत्रबाट जीविकोपार्जन गर्ने ४५ लाख जनसंख्या प्रभावित भएको दाबी महासंघको छ । चैत्र ११ गतेदेखिको लकडाउन तथा निषेधाज्ञाको कारण सार्वजनिक यातायात सञ्चालनमा आउन नसक्दा ४५ लाख जनशक्ति संकटमा परेको महासंघले बताउँदै आएको छ । ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण ११ लाख श्रमिक ३ लाख ६० व्यवसायीसँग प्रत्यक्ष आश्रित ४५ लाखभन्दा बढीको जीवन संकटमा समस्यामा परेको महासंघका अध्यक्ष कर्माचार्यले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *