रिबन

२४ घण्टामा १२ सय ४६ संक्रमित थपिए, १८१८ डिस्चार्ज

काठमाडौं । २४ घण्टामा १२ हजार ४६ जना कोरोना संक्रमित थपिएका छन । ११ हजार १ सय ४४ जनाको पीसीआर परिक्षण गर्दा १२४६ जनामा कोरोना पुष्टि भएको हो । आज ८४४ जना पुरुष र ४२२ जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ५० हजार ४ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण मुक्त भएर बुधबार १८ सय १८ जना घर पर्किएका छन । अहिलेसम्म ३५ हजार ७ सय संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निको हुने दर ७१ प्रतिशत छ ।
१४ हजार ४ सय ४८ सक्रिय संक्रमित मध्ये ६ हाजार ४ सय ४८ होम आईसोलेशनमा र ८ हजार १० संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ५ हजार ८ सय ६ संक्रमित छन ।

नेपालमा पीसीआर विधिबाट ८ लाख १० हजार ४८५ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।

सुनसरी, काठमाडौं, सर्लाही,चितवन र रुपन्देही गरि ५ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । सोलु,मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना मुक्त बनेका छन ।

आईसीयुमा १६५ र भेन्टिलेटमा २१ जना संक्रमित उपचाररत छन ।

गत २४ घण्टामा ५ जना संक्रमितले ज्यान गुमाएका छन । जसमध्ये १ महिला र ४ पुरुष छन । आज एक महिला र दुई पुरुष गरी काठमाडौंका ३ जना संक्रमितको निधन भएको छ । चितवन र कपिलवस्तुमा एक एक जाना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबा ३१७ जनाले ज्यान गुमाइसकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *