काठमाडौं । यसवर्षको काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहित सुशील कुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा पुरस्कृत हुने भएका छन् ।
सरकारले १७ औँ निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत गर्ने परम्परा अन्र्तगत उत्कृष्ट १० जना छानिसकेकको छ । यस वर्ष सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् । अन्य ३० जनालाई पनि पुरस्कार दिने भएको छ ।
जसमा रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा। वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य रहेको स्रोतले जनाएको छ ।




