काठमाडौं। २४ घण्टामा १ हजार २ सय २८ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ८ सय ३४ जना पुरुष र ३ सय ९४ जना महिला छन । नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
२४ घण्टामा ९ सय १७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन । निको हुने संक्रमितको दर ५६ प्रतिशत छ ।
सक्रिय संक्रमित १८ हजार ४ सय १३ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए । जसमध्ये १० हजार ६ सय ७१ जना संस्थात आइशोलेशन र ७ हजार ७ सय ४२ जना संक्रमित होम आइशोलेशनमा छन । क्वारेन्टाइनमा ६ हजार ७ सय ४९ जना छन ।
१३ हजार ४ सय १३ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १ हजार २ सय २८ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ७ लाख ३१ हजार ८ सय ५२ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आईसीयुमा १४१ र १७ जना भेन्टिलेटरमा उपचाररत छन ।




