रिबन

चार वर्षीया बालिकासहित सात संक्रमितको मृत्यु

काठमाडौं। २४ घण्टामा कोरोना संक्रमणबाट ७ भएको छ । तीन महिला र चार पुरुष गरी सात जनाकोे मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

मंगलबार नियमित मिडिया ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा .जागेश्व गौतमाले महोत्तरीकी ४ वर्षीया बालिकासहित गोरखा, रुपन्देही एक एक जना गरी तीन महिलाको मृत्यु भएको पुष्टि गरेका हुन । यसै गरी उनले झापा, रौतहतट, चितवन र भक्तपुरमा एक एक जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । आइसीयुमा १३२ जना र भेन्टिलेटरमा १७ जना संक्रमित उपचाररत छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *