काठमाडौं। बिहीवार १ हजार १ सय ११ जना कोरोना संक्रमित थपिएका छन । संक्रमित मध्ये ७ सय ७७ जना पुरुष र ३ सय ३४ जना महिला छन । १२ हजार ६ सय २९ जनाको पीसीआर परिक्षण गर्दा १ हजार १ सय ११ जनसंक्रमित भेटिएका हुन ।
७५ जिल्लमा सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ छ । जसमध्ये ६ हजार २ सय १० जना होम आइशोलशन र ९ हजार ६३ जना संस्थागत आइशोलेशनमा छन । ३५ हजार ५ सय २९ कोरोना संक्रमितको संख्या पुगेको छ ।
आज ५ सय ६९ जना डिस्चार्ज भएका छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर २० हजार ७३ जना घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । संक्रमित निकोहुने दर ५६ प्रतिशत रहेको छ ।
क्वारेनटाइनमा ९ हजार ४ सय ८८ जना छन । नेपालमा पीसीआर विधिबाट ६ लाख ४७ हजार १ सय ८१ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
मुस्ताङ, र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन । मोरङ, धनुषा, पर्सा, महोत्तरी, रौतहट,सर्लाही,बारा, ललितपुर र काठमाडौं जिल्लमा संक्रमितको संख्या ५ सय नाघेको छ ।
काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिएका छन । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको छ ।




