काठमाडौं। २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोराना संक्रमणबाट मृत्यू हुनेको संख्या १७५ पुगेको छ ।
नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा दुई महिला र ९ पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन ।
कोरोना संक्रमणका कारण मोरगकी ४६ वर्षीया महिला र भक्तपुरीकी ५३ वर्षीया महलिाको निधन भएको स्वास्थ मन्त्रालयले पुष्टि गरेको छ । यसै गरी कैलालीका ४५, ५० र महोत्तरीका ६०,७२, ७५ वर्षका पुरुषको निधन भएको छ । संक्रमणकै कारण बाराका ४१ र ४६ वर्षीय पुरुष, बाँकेका ३८ वर्षीय र काठमाडौका ५१ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमितको मृत्युदर ०.५ प्रतिशत छ ।




