काठमाडौं।नेपालमा कोराना संक्रमणबाट मृत्यू हुनेको संख्या १५७ पुगेको छ । २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज सुनसरीका ६८ वर्षीय पुरुष, मारङका ६५ वर्षीय पुरुष र रुपन्दीहीका ३८, ५३ र ५४ वर्षीय पुरुषको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । यसै गरी काठमाडौंकी ४८ वर्षीया महिला, पर्साकी ७० वर्षीया महिला र रुपन्देहीकी ६७ वर्षीया महिलाको निधन भएको मन्त्रालयले जनाएको छ । गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ७९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यू भएको पुष्टि भएसंगै मृतकको संख्या २३ पुगेको हो ।
हाल १३८ जना संक्रमित आसीयुमा र १५ जना भेन्टिलेटरमा उपचाररत छन ।




