रिबन

कार्यदलको प्रतिवेदनमाथि अ‍ोली-दाहालबीच बालुवाटारमा छलफल हुने

काठमाडौं । नेकपाका दुई अध्यक्षबीच सोमबार विहान भेटवार्ता हुने भएको छ । नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले शनिबार बुझाएको प्रतिवेदनबारे सोमबार बिहान दुवै अध्यक्षबीच छलफलका भेटघाट हुन लागेको हो ।
दुवै अध्यक्षले कार्यदलको सुझावअनुसार छलफल प्रक्रियालाई अगाडि बढाउने भएका हुन् । कार्यदलको प्रतिवेदन दुवै अध्यक्षले अध्ययन गरेपछि सचिवालय बैठक बस्ने भएको छ । कार्यदलले स्थायी कमिटी बैठकलाई नियमित प्रक्रियाबाट सञ्चालन गर्न, प्रधानमन्त्री अ‍ोलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने, मुख्यमन्त्री हेरफेर गर्ने, चैतमा महाधिवेशन गर्ने, सैद्धान्तिक विषयहरु महाधिवेशनबाट टुंगो लगाउनेलगायतका विषयमा सुझावसहितको प्रतिवेदन बुझाएको हो । अब प्रधानमन्त्रीको राजीनामाको विषय स्थायी कमिटी बैठकको एजेण्डा नबनाउने पनि बताइएको छ ।
असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठक असार १८ गतेबाट स्थगित छ । प्रधानमन्त्रीले सरकार र पार्टीबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि ओलीले बैठक स्थगित गराउँदै आएका छन् । महासचिव विष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *