काठमाडौं। शुक्रबार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ५ सय ४६ जना पुरुष र २ सय ९२ जना महिला छन । १३ हजार ५ सय ७९ जनाको पीसीआर परिक्षण गर्दा ८३२ संक्रमित भेटिएका हुन ।
सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ छ । ७३ जिल्लामा ३० हजार ४ सय ८३ कोरोना संक्रमितको संख्या पुगेको छ ।आज २ सय २० जनाको डिस्चार्ज भएका छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर १८ हजार २ सय १४ जना घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौं १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना गरी उपत्यकामा १८२ जना संक्रमित थपिएका छन ।
क्वारेनटाइनमा १२ हजार २ सय ३४ जना छन । संस्थागत आइसोलेशनमा ८ हजार ५ सय ४६ छन भने होम आइसोलेशनमा ३ हजार ५ सय ८६ छ । नेपालमा पीसीआर विधिबाट ५ लाख ७९ हजार ७ सय ९९ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन । मोरङ, पर्सा, महोत्तरी, रौतहट,सर्लाही र काठमाडौं जिल्लमा संक्रमितको संख्या ५ सय नाघेको छ ।
आइसीयुमा १ सय ३३ जना उपचाररत छन । भेन्टिलेटरमा १५ जना छन । आज १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ ।




