देश

२४ घण्टामा ७ सय ७ जना संक्रमित थपिए, ६ को मृत्यु

काठमाडौं। बिहीबार ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४ सय ५१५ जना पुरुष र १ सय ९२ जना महिला छन । यो संगै नेपालमा संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

७३ जिल्लामा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ । आज २६४ जना डिस्चार्ज भएका छन । यो निको हुने दर ६४ प्रतिशत हो । हालसम्म कोरोनाको उपचारपछि निको भएर १७ हजार ९ सय ६४ जना घर फर्केका छन । काठमाडौमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ गरी उपत्यकामा दुई सय संक्रमित थपिएका छन ।
२४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन । १ सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । १ सय ३९ जना आइसीयुमा र ७ जना भन्टिलेटरमा उपचाररत छन ।
क्वारेनटाइनमा ११ हजार ७ सय ६८ जना छन । होम आइसोलेशनमा ३ हजार ७ सय ७२ जना छन । संस्थागत आइशोलेशनमा ८ हजार ८३ जना छन ।
भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला कोरोनामुक्त जिल्ला बनेका छन । मोरङ,पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छ ।

नेपालमा पीसीआर विधिबाट ४ लाख ५६ हजार २ सय २० जनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिए

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *