देश

एकैदिन एक हजार १६ संक्रमित थपिए, ७ जनाको मृत्यु

काठमाडौं। मंगलबार एक हजार १६ संक्रमित थपिएका छन । यो अहिले सम्मकै दैनिक संक्रमितको उच्च संख्या हो । नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
२४ घण्टामा ८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म १७ हजार ५ सय ८० जना डिस्चार्ज भएका छन ।

सक्रिय संक्रमित १० हजार ५ सय ६३ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए ।
१३ हजार ४ सय ६१ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १०१६ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ५ लाख ८२ हजार ८ सय ६६ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ
मनाङ, मुस्ताङ ,डोल्पा र हुम्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । मोरङ,पर्सा,रौतहट, महोत्तरी र काठमाडौ जिल्लामा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
उपत्यकामा २०५ जना संक्रमित थपिएका छन । आज थप ७ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या ११४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *