अर्थ

बाढी-पहिरो पीडितलाई कांग्रेसले ३० जिल्लामा पठायो ४५ लाख सहयोग

काठमाडौं।नेपाली कांग्रेसले बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको लागि मातहतका जिल्ला कार्यसमितिलाई ४५ लाख सहयोग पठाएको छ । नेपाली कांग्रेसले बाढी पहिरो पीडित ३० जिल्लामा स्नेहको सानो सहयोगका रुपमा एक लाख ५० हजारका दरले ४५ लाख पठाएको हो ।
बाढी–पहिरोका कारण भएको क्षतिमा उद्वार र राहतको अभियानलाई बल पु¥याउन जिल्ला कार्यसमितिलाई रकम पठाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । हरेक मानवीय पिडामा मल्हम लगाउन आएको कांग्रेसले कोरोना कोषमा सबैभन्दा पहिले ५० लाख जम्मा गरेका थियो ।

कांग्रेसले लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी र पर्सामा एक लाख ५० हजारका दरले सहयोग रकम पठाएको छ । यसै गरी कांग्रेसले धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर,  बारा,सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीमा पनि सहयोग रकम पठाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *