अर्थ

बृद्ध भत्तामा वाडकाे बदमासी : ८ हजार दिएर १६ हजारको भरपाइमा ल्याप्चे

काठमाडाैं।घोराही रामपुरका एक बृद्धाले आफूले पाउदै आएको बृद्धा भत्ता नपाएको गुनासो गरेकि छिन । घोराही उपमहानगरपालिका २ रामपुर निबासी ६७ बर्षिय देबाकली खनालले आफ्नो सिभिल बैंकमा रहेक  खातामा जम्मा भएको माघ महिनाको बृद्ध भत्ता बाफतको ८ हजार रुपैया आइतबार बैंकमा निकाल्न आउदा पैसा खाताबाट निकाली सकेको बैंकले जानकारी गराएपछि उनि रित्तै हात फर्किइन ।
गएको माघदेखि असारसम्म खनालले बृद्ध भत्ता बाफतको रकम १६ हजार पाउनुपर्नेमा वडा कार्यालयले असारमा कोरोनाका कारण  ८ हजार ती बृद्धा महिलालाई दियो । तर, वडा कार्यालयले भरपाई भने १६ हजारमा गराएको छोरा शिबराज खनालले बताए । उनले बैंकमा आमालाई ल्यायर पैसा निकाल्न आउदा मात्रै वडा अध्यक्षले बैकबाट पैसा लगिसकेको  वडा कार्यालय पुगेर थाहा पाएको सुनाए ।  आमालाइ लिएर आइतबार बैंकमा पैसा निकाल्न आएको थिए । आमाको बैंक खातामा १६ हजार नै पैसा गएको देखिन्छ । माघदेखि असारसम्मको पाउनुपर्ने १६ हजारमध्ये आमाले असारमा  वडा कार्यालयबाट ८ हजार बुझ्नु भएको थियाे । छोरा खनालले गुनासो गर्दै भने यो गलत काम भएको छ, राज्यले दिएको बृद्ध भत्ता पनि नपाउने अबस्था आउनु दुखद पक्ष हो, यो मेरो मात्रै होइन होला, त्यहाका धेरै बृद्ध बृद्धाको यो समस्या हो । ८ हजार दिने १६ हजारको भरपाई गराउने यो गलत काम हो, थाहा पाउनेले त भन्ने भए, थाहा नपाउनेलेलाई समस्या भयो ।
छोरा खनाल यो बिषयमा बुझ्न आइतबार नै घोराही २ रामपुरको वडा कार्यालय पुगे । साथमा थिए सोहि वडाका सदस्य थिए गिरबहादुर केसी कुवर । उनले सो बारेमा जानकारी वडा सदस्यलाइ पनि गराए । वडा कार्यालयका कर्मचारीलाई वडा सदस्यले सो समस्याका बारेमा सोध्दा कर्मचारीले १६ हजार भरपाइमा ल्याप्चे लगाएको जानकारी वडा सदस्यलाई गराएपछि यो कुरा बाहीर आएको हो । यता, घोराही २ को वडा कार्यालयका कर्मचारी राधा रिजालले फोनमा कुराकानी गर्दै काम गर्नेक्रममा त्रुटि हुन सक्ने भन्दै सम्बन्धित ब्यक्तिलाइ वडा कार्यालयमा आएमा समस्या समाधान हुने बताइन । रिजालले स-साना कुराहरु सञ्चारमाध्यम लैजानू राम्रो कुरा नहुने भन्दै गल्ति सच्याउने पनि बताइन । त्यस्तै घोराही २ का वडा अध्यक्ष केशब आचार्यले आफुले र एक जना वडा सदस्यले बृद्धभत्ता सबैको ल्यायको भन्दै काम गर्ने क्रममा कमजोरि भए सच्याउने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *