रिबन

भोलि बस्ने गरी प्रचण्ड बालुवाटारबाट फिर्ता

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्न बालुवाटार छिरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल आज रित्तै हात फर्केका छन् । यद्यपि उनीहरुबीच भोलि बस्ने सहमति भएको छ । उनीहरुबीच आजको वान टु वान वार्ता लगभग ४ चार घन्टा चलेको थियो ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड बिहान ११ बजे बालुवाटार पुगेका थिए । छलफल सकिएपछि प्रचण्ड पानै ३ बजे बालुवाटारबाट बाहिरिएका हुन् । ९ दिनपछि भएको भेटवार्ता सकारात्मक देखिएको बालुवाटार स्रोतले बताएको छ । अध्यक्षद्वयबीच मात्र भएको छलफल भोलि फेरि बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्रीले ओलीले हिजो बुधबार एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै अबको ५ दिनभित्रै नेकपाको सङ्कट समाधान हुने दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले सो कुरा बताएको भोलिपल्ट आज समाधानका लागि निर्णायक पहल सुरु भएको मानिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *