मधेश प्रदेश

जनकपुरधाम उपमहानगरमा साेमबारदेखि एक हप्ता निषेधाज्ञा  

जनकपुरधाम।   जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *