काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीलाई प्रवेश नगर्न भारतले पत्र पठाएको छ । गुञ्जी, कालापानी र लिम्पियाधुरासहितका क्षेत्रमा प्रवेश रोक्न माग गर्दै भारत उत्तराखण्डको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पत्र पठाएको हो ।
पत्रमा अवैध रुपमा नेपालीहरु समूह बनाएर प्रवेश गरेको वा प्रवेश गर्न चाहेको सूचना प्राप्त भएको भन्दै सो कार्य रोक्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पनि हालसालै नेपालले आफ्नो नक्सामा समावेश गरेको भुभागमा अवैध प्रवेश रोक्न आग्रह गरिएको व्यहोरोका पत्र धार्चुला प्रशासनबाट प्राप्त भएको पुष्टि गरेको छ ।
धार्चुला प्रशासनले लेखेको पत्रमा मिडियाको ध्यान तान्न र दुबै देशका प्रशासनलाई चिन्तित बनाउन नेपालीहरु समूह बनाएर भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा आउन चाहेको उल्लेख गरिएको छ । त्यस्तो किसिमको कुनै सूचना प्राप्त भएका उपलब्ध गराउन समेत धार्चुला प्रशासनले पत्रमा आग्रह गरेको छ ।
यस्तो छ पत्र





