वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार बिहान थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरका अनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र ४ जना महिला छन् ।
संक्रमित हुनेमा ९ वर्षका बालकदेखि ४५ वर्षका पुरूष रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थकर्मीदेखि उद्योगमा कार्यरत कर्मचारी छन् । कोरोना संक्रमित पुष्टि भएका सबै जना पर्सा जिल्लाका हुन् । उनीहरु श्रीपुर पंचगावा, पर्सागढी, वीरगञ्ज-१६ मिथिलानगर, वीरगञ्ज–६ रेशमकोठी, वीरगञ्ज–१४ बहुअरी, वीरगञ्ज ६ माइस्थान, वीरगञ्ज–११ , वीरगन्ज–१० र वीरगञ्ज–२ छपकैयाका हुन्।
साउन ७ गतेदेखि ९ गते सम्मका स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए । अस्थायी विशेष करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड संक्रमितहरुले भरिएका कारण नयाँ संक्रमितलाई होम आइसोलेसनमा बस्न भनिएको छ ।




