ताजा समाचार

कोइरालाको सजाय घटाइएको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

काठमाडाै‌ं । श्रीमती हत्याका कसुरदार पूर्व डिआइजी रञ्जन कोइरालाको कैद छुटको फैसला पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

श्रीमती हत्याकाे अभियाेगमा सर्वश्वसहित जन्म कैद भोगिरहेका कोइरालाको कैद छुट दिने सर्वाेच्च अदालतकाे फैसला विरूद्ध महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरवलोकन निवेदनलाई सर्वोच्च अदालतले  आइतवार अनुमति दिने निर्णय सुनाएको हो ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी सदस्य रहेको पूर्ण इजलास गठनमा सुनुवाइपछि पुनरावलोकनका लागि निस्सा प्राप्त गरेको हो ।

सजाय छुटको फैसला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *