काठमाडौं । सरकारले आन्तरिक उहवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी भदौ १ गतेबाट आन्तरिक उडान गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले अन्तराष्ट्रिय हवाई उडान पनि खुला गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हवाई उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल (कार्यबिधि) बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिएको जानकारी दिए । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो। कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।
आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।गएको चैत ११ गतेबाट शुरू भएको देशव्यापी लकडाउनका कारणा बन्द भएको हवाइ उडान ६ महिनापिछ सूचारू हुन लागेको हो।




