ताजा समाचार

ओलीसँग गोप्य सम्झौता गरेर प्रचण्डले माधव नेपाललाई धोका दिएको आशंका

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ स्थायी कमिटी बैठक बस्न नसकिरहेका बेला शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम  अध्यक्ष केपी शर्मा ओलीले एकता महाधिवेशन गर्ने प्रस्ताव राख्नु त्यसलाई पुष्पकमल दाहालले समर्थन गर्नुले माधव नेपाल पक्ष झस्किएको छ ।
यसअघि प्रधानमन्त्रीको राजीनामा माग्दै आएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नै समर्थन गरेपछि दाहाललाई साथ दिँदै आएको माधव नेपाल समूह सशंकित बनेको हो । आफ्नो फाइदा नहुँदासम्म साथ खोज्ने दाहालले आफूलाई फाइदा हुने अवस्थामा आफ्नो समूहलाई धोका दिएको हुन सक्ने भन्दै माधव नेपाल पक्ष सशंकित बनेको थियो । दाहालले नेपाल पक्षधरलाई बेवास्ता गर्दै शक्तिका लागि दुई अध्यक्षबीच सम्झौता गरी राष्ट्रपतिकहाँ गएको भन्दै नेपाल पक्षथर थप सशंकित मात्रै बनेको छैन चोचोमोचो मिलाएर बाइपास गर्न खोजे आफूहरु विवादको विषय लिएर कार्यकर्तामाझ जाने समेत बताइसकेको छन् ।
दाहाल र नेपाल पक्षधर मिल्दा पार्टीका सबै निकायदेखि संसदीय दलसम्मका स्पष्ट बहुमत रहेको र यस्तो बेलामा ओलीलाई दुवै पदबाट हटाउन सकिने अवस्थामा दाहालले ओलीसँग सम्झौता गरेर आफूहरुलाई धोका दिएको नेपाल निकट नेताहरुले बताएका छन् । सचिवालय बैठक सकिएपछि दुई अध्यक्ष शितलनिवास गएपछि नेपाल पक्षधर सशंकित बनेको दाहालले थाहा पाएका थिए। त्यसपछि दाहालले शनिबार मध्यराति सचिवालयमार्फत कुनै सम्झौता नभएको र सबै विषय स्थायी कमिटीले छिनोफानो गर्ने जानकारी गराएका थिए । तर यसअघि जे विषयमा छलफल भएपनि गुटको भेला राखेर जानकारी गराउने दाहालले शनिबार त्यसो नगरेपछि नेपाल पक्षधर नेपाल सशंकित बनेका हुन् ।
दाहाल र नेपाल पक्षधर मिल्दा पार्टीका सबै निकायदेखि संसदीय दलसम्मका स्पष्ट बहुमत रहेको र यस्तो बेलामा ओलीलाई दुवै पदबाट हटाउन सकिने अवस्थामा दाहालले ओलीसँग सम्झौता गरेर आफूहरुलाई धोका दिएको नेपाल निकट नेताहरुले बताएका छन् ।                                                                               सचिवालय बैठकमा राखेको एकता महाधिवेश मंसिरमा संभव नहुने भन्दै नेपाल पक्षधरले ओली र दाहालबीच लेनदेन भएको हुन सक्ने आशंका गरेका छन । दाहालले आफूलाई अप्ठेरो परेका बेला अरुको साथ खोज्ने तर स्वार्थ मिलेको अवस्थामा साथ छोड्दै जाने हो भने दाहाललाई भविष्यमा अप्ठेरो पर्ने नेपाल पक्षधरका नेताहरुले बताउदै आएका छन् । अहिले नेपाल पक्षका केही नेताहरुले दाहाललाई भेट्ने कार्यक्रम रहेको एक नेपाल पक्षका नेताले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *