ताजा समाचार

दुई तिहाइको कम्युनिष्ट चमत्कार

नेकपाभित्र आफ्नो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री उपर बिना गम्भीर अभियोग राजीनामा गर्नु पर्ने विषय प्रवेश गराई पार्टी र सरकारलाई अनिर्णयको अवस्थामा राखिएको छ । तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा र यसका प्रथम अध्यक्ष केपी शर्मा ओली विभिन्न आरोह अवरोह पार गर्दै प्रतिकुल स्वास्थ्यका बाबजुद प्रधानमन्त्रीको रुपमा क्रियाशील छन । उनले संभव÷असंभव, जायज÷नाजायज सपना देखाएका छन । ति सपनाहरु कहिलेकाही अस्पतालको सघन कक्षमा मुर्छित हुने गरेका छन, बेहोस, अर्धबेहोस भएका छन । तथापी अस्वस्थ्यता र आफ्ना तमाम कमीकमजोरी उपर समिक्षा र आत्मआलोचना गर्न उनी तयार छैनन । जे बोलिएको छ,जस्तो गरिएको छ ति सबै नेपाल र नेपालीको सुख र संमृद्धिका लागि भए गरिएको अर्थमा बुझिएकोप्रति ओलीको गम्भीर असहमति देखिन्छ । दुई तिहाई नजिकको बहुमत केवल आफ्ना कारणले र आफ्नो लागि प्राप्त भएको ओली दाबी पार्टी भित्र र बाहिर हाबी भएको छ । दुवै पदबाट राजीनामा गर्नु पर्ने आग्रह सचिवलय भनिएको ९ सदस्य समितिको बहुमत सदस्यीय रहेको समाचारमा आउछ । ओलीको बोलीको ठेगान छैन । अनेक फण्डा झिकेर त्यसलाई राष्ट्रवादको जामा पहिर्याउन उनी खप्पिस देखिन्छन। पुराना साथीहरुको बुझाइमा ओली हावादारी गफ मज्जाले गर्न सक्छन । पार्टी र संगठन सञ्चालन गर्ने क्षमता उनले कहिल्यौ देखाएका छैनन । आफे्नै किसिमको स्वभावका कारण जिम्मेवारी बहनमा उनलाई सफलता मिलेको छैन । त्यही क्रमले अहिले पनि निरन्तरता पाएको छ । पार्टी एकता पश्चात अन्य महत्वकांक्षी व्यक्तिहरुको उचित व्यवस्थापन गर्न नसक्नु ओलीको ठूलो कमजोरी हो । भारतलाई गली गरेर र अर्घेलो देखाएर तमाम असफलता र असक्षमता ढाकछोप गर्न ओली राष्ट्रवाद नै समस्याको मुल जडको रुपमा देखिन्छ । ओलीको विकल्पमा आउने व्यक्तिहरुको विगत र वर्तमान हेर्दा आस गर्ने ठाउँ कमजोर देखिन्छ । पार्टी भित्रैबाट असफल बनाउन ठूलो कसरत भइरहेको कारण उनलाई कमजोर बनाई आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पुरा गर्नु गराउनु मात्र हो ।

सत्ताका लागि सिद्धान्त र आदर्श इच्छुमतिमा बगाई त्यही नुहाईधुवाई गरेका तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दल नेकपा एमालेमा विलय गराएकोमा कुनै भ्रम पाल्नु पर्दैन । माओवादी र एमालेको अस्थित्व नरहने गरी नाममात्र परिवर्तन गरी नेकपा बनाइएको कुरा घामजत्तिकै छर्लगं छ । यसका योजनाकार वा रणनीतिकार ओली नै हुन । दाहालको स्वार्थलाई राम्रोसंग बुझेका ओलीले सहधर्मी दलसंग सहकार्यको प्रस्ताव राखेका छन । त्यसमा दलका अन्य व्यक्तिहरुले पनि आ–आफ्नै स्वार्थका कारण सहयोग र समर्थन गरेका छन । पछिल्लो एकता र जनमतलाई आत्मसाथ गर्ने हो भने ओली जतिसुकै असफल, तानाशाह र स्वच्छाचारी भएपनि अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउदा पार्टी एकता भंगमात्र हुने छैन जनमतको अपमान हुनेछ । समस्या कम्युनिष्ट भनिएको पार्टीमा बढेको अवसरवादीता र भ्रष्टाचार हो । ओली निकटका मानिस भ्रष्टाचरमा चुर्लुम्म डुबेका छन । पैसा आउने स्रोतको खोजिमा विचौलियाहरु क्रियाशील देखिन्छन । ति विचौलियाहरु ओली दाहाल र कर्मचारी संयन्त्रको संयोजनमा लागि परेको स्पष्ट देखिन्छ । यस्तो कर्म गरेका व्यक्तिहरुलाई ओलीले विभिन्न ढंगले संरक्षण गरेका छन । केही भएकै छैन भनी सफाई दिने काममा धेरै समय खर्चिने गरेको अनुभवले बताउँछ ।

चिनिया राजदूतको सक्रियता, सी विचारधाराको प्रशिक्षण, कम्युनिष्ट कूटनीतिक मर्यादा विपरितको राष्ट्रपतिको भेटघाट, राष्ट्रपतिको दलीयमात्र होइन गुटगत सक्रियता, प्रधानमन्त्रीको अशोभनीय, अमर्यादीत र पदीय गरिमा कायम नराखिएका अभिव्यक्ति भारत लक्षित कटाक्ष जस्ता गतिविधिले नेपालमा स्थापित गणतन् त्रात्मा शासन व्यवस्था माथि नै कालो वादल मडारीएको विश्लेषण हुन थालेको छ । राम नेपालको आयोध्यामा जन्मिएका हुन भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाल र भारतका बीचमा रहेको जनस्तरको सांस्कृतिक सम्वन्धलाई समेत ठूलो चुनौति दिएको छ । हरेक विषय र सन्दर्भका ज्ञाता ओलीले कहाँ के बोल्नु उपयुक्त हुन्छ भन्ने नबुझ्दा समस्या खडा हुने गरेको छ । तर, ति विषयहरुलाई विषयवस्तु नबनाई अमूर्त रुपमा पद बाडफाडको सहमति , असहमति,लेनदेन, भागवण्डा, पदीय व्यवस्थापन एवं आलोपालोका लागि अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्नु पर्छ भन्ने नेकपाका पदाकांक्षीहरुको अग्रहसंग सहमत हुन सकिदैन । ओलीले पार्टी र सरकारको जिम्मेवारी बहन गरेको समयदेखि आजसम्म भएका सबै जनविरोधी कार्य, भ्रष्टाचार र अनियमितता, स्वच्छाचारी, अधिनायकवादजस्ता विषयहरुलाई पार्टीको एजेण्डा बनाई निर्णय गर्ने आधिकारीक थलोमा छलफल अगाडी बढाउन नसक्ने व्यक्तिगत आग्रह र आकांक्षा पुरा गर्न राजीनामा गर्नु पनेर्, आलोपालो हुनु पर्ने भन्ने माग जायज मान्न सकिदैन । स्थायी सरकार दिन्छौ, चमत्कार गरेर देखाउछौं, कम्युनिष्टहरु जनताका साथमा रहन्छन, दिन दुःखी, गरिव, मजुदर, किशान र श्रमिकको हितमा साम्राज्यवाद र विस्तारवादको विरुद्धमा अगाडी बढ्छौं भन्ने घोषणपत्र र प्रतिवद्धता अनुरुपको व्यवहार, गतिविधि र कार्यशैली नदेखिएकोमा आम जनता सरकार र नेकपासंग रुष्ट छन । आक्रोशित र असहमत छन । ओलीमात्र होइन नेकपा र सरकार असफल भएको छ । सरकारको वा पार्टीको नेतृत्व र जिम्मेवारीबाट ओलीलाई हटाएर आफ्नो पात्रले सफलता प्राप्त गर्ने आधार र कारण देखिदैन । केवल व्यक्तिगत स्वार्थ र भ्रष्टाचारमा आफू र आफ्ना मानिसहरुको प्रभाव विस्तार गर्ने एकमात्र एजेण्डा देखिन्छ ।

तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालिन एमालेका नेता तथा कार्यकर्ताहरुले किष्तिमा राखेर पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद हस्तान्तरण गर्लान भन्ने विश्वास कमैलाई होला । स्वयं दाहाललाई पनि त्यो विश्वास छैन । सम्भावना ज्यादै न्युन देखिन्छ । ओलीलाई हटाएर दाहाल आउन जति सजिलो मानिन्छ त्यो भन्दा धेरै गुणा कठिन छ, पूर्व एमालेहरुले दाहाललाई स्वीकार गर्न ।
संगठनात्मक रुपमा एमालेको वर्चश्व रहेको अवस्थामा केही व्यक्तिहरुको स्वार्थ (नेपाल,खनाल र गौतम) का खातिर सिंगो एमालेले कुर्वानी गर्न सक्छ भन्ने देखिदैन । ओलीसंग समस्या होला तर पूर्व एमालेहरु पूर्वमाओवादीलाई सहज समय र अवस्थामा पार्टी र सरकारको नेतृत्व सुम्पन्छन र स्वीकार गर्छन भन्ने लाग्दैन । भारत र चीनको आ–आफ्नै किसिमको स्वार्थ रहेकोले त्यो खेलमा को कहाँ रहने हो ? छिमेकीहरुलाई आन्तरिक मामिलामा भित्रियाएपछि आउने परिणामको पर्खाइ गर्न एमाले माओवादीमात्र होइन नेपाली जनता पनि बाध्य हुनु परेको छ ।

संसारमा कम्युनिष्टहरुका कारण आन्तिरिक राजनीतिमा फेरवादल आएको, देश कंगाल भएको छ । विदेशी रणभूमि बनेको छ । नेपालका कम्युनिष्टहरुले चमत्कार देखाएर कस्तो नेपाल बनाउने हुन ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *