ताजा समाचार

संसदीय विशेष समितिको निष्कर्ष : रुकुम घटना जातीय छुवाछुतको पराकाष्ट (प्रतिवेदनसहित)

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा गत जेठ १० गते प्रेम विवाह सम्बन्धी भएको घटना जातीय छुवाछुतका आधारले परकाष्ट नाघेको संसदीय छाविन समितिले निष्कर्ष निकालेको छ । घटनामा ६ जनाको ज्यान गएको थियो । जातीयभेदभाव र छुवाछुका कारण नवराज विक र सुष्मा मल्लको प्रेम विवाह रोक्न खोज्दा यो अपराधको कारणको प्रारम्भ विन्दू भएको समितिले निष्कर्ष निकालेको छ ।

नवराज विक युवाहरु लिएर प्रेमिकालाई भगाउन गएकाबेला केटीको आमाले हारगुहार गरी वडा अध्यक्ष सहित गाउँलेलाई बोलाइ संगठित र योजनावद्ध रुपमा नवराज सहित ६ जनाको हत्या गरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ‘यसघटना कुनै भवितब्य घटना होइन योजनाबद्ध नै हो’ समितिको निष्कर्ष रहेको छ । घटना घट्दा अपराधीलाई पक्राउ गर्नुको सट्टा घाइतेलाई पक्राउ गर्नेकुरा रहस्यमय रहेको समितिको निष्कर्ष रहेको छ । घाइतेले पटक पटक छ जना हराए खोज्नु भन्दा पनि उनको कुरा नसुनेर प्रहरीले एकलौटी गर्नुको कारणमा गम्भीर लापरबाही देखिएको समितिको निष्कर्ष रहेको छ । घटना पूर्व, घटनाका वेला, घटना पश्चातलाई हेर्दा यो घटना योजनावद्ध र संगठित प्रकृतिको रहेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । निर्वाचिति जनप्रतिनिधि यो घटनामा वेखवर हुनु, पीडितलाई सहानुभूति दिनपर्नेमा सम्पर्क नै नगर्नु, उनीहरुलाई भेटन नजानु जस्ता कुरा पनि रहस्यम रहेको समितिको निष्कर्ष रहेको छ । घटना जम्मा ४५ मिनेटदेखि १ घण्ट भित्रमा घटेको तर एकै ठाउँमा दुईचारदिन विराएर लास भेटिनुपनि अनुसन्धान गर्नुपर्ने अर्को विषय भएको समितिको निष्कर्ष रहेको छ । एकैचोटी ११ गते, १४ गते २० गते एकै ठाउँमा लास भेटिनुले थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । यसघटनामा प्रहरीले पर्याप्त मात्रामा अनुसन्धान गरेको देखिएन भन्दै विधीमा गम्भीर लापरबाही भएको देखिएको समितिले निष्कर्ष निकालेको छ । नेपालको विद्यमान कानुन प्रक्रियामा व्यापाक सुधार गर्नुपर्ने पनि समितिले भनेको छ । भाग्ने क्रममा सेती नदिमा बगेर मृत्यु भएको भन्ने कुरा कहीकतैबाट पनि पुष्टि नहुनेहुँदा बन्चारले, बाउसाले हानेको चोटलाई डुबेर हो भन्ने कुरा षडयन्त्रमूलक भएको समितिको ठहर रहेको छ । समितिले दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

संसदीय समितिले काम सुरु गरेको एकमहिना भित्र प्रतिवेदन मंगलबार सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाएको हो । घटनाको कारण तल्लो जातको केटासँग विवाह गर्न माइतीपक्षले अस्वीकार गरेको देखाइएको छ । चौरजहाजरी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनकी आमा–बुवा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । सबैलाई आजीवन कैद गर्न माग गरिएको छ । घटनाको छानविन गर्न जेठ २६ गतेको प्रतिनिधिसभा बैठकबाट नेकपाका सांसद् देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । संसदीय विशेष छानविन समितिले गत जेठ ३१ गते पहिलो बैठक बसेर काम सुरु गरेको थियो । त्यसपछि समिति सदस्यहरु घटनास्थल प्रस्थान गरेका थिए । समितिका सदस्यहरुले घाइते, मृतकका परिवार र विज्ञहरुसँग भेटेर घटनाबारे जानकारी लिएका थिए । घाइतेहरुलाई भेला पारेर आक्रमणको रिहर्सल पनि गराएका थिए । कसरी आक्रमण भयो भनेर पनि घाइतेले देखाएका थिए ।

पौडेलको संयोजकत्वमा बनेको विशेष समितिमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली (स्नेही) विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्म, रामसहायप्रसाद यादव सदस्य रहेका छन् । उक्त समितिको म्याद काम सुरु भएको मितिले ३० दिन तोकिएको थियो ।

[pdf-embedder url=”http://wp_sankalpakhabar.localhost/wp-content/uploads/2020/07/Jajarkot-Samsadiya-Report-1.pdf”]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *