काठमाडौं। शनिबार ७० जना कोरोना संक्रमित थपिएका छन । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
६ जिल्ला कोरोनामुक्त जिल्ला बनेका छन । धनकुटा,तेह्रथुम, भोजपुर, सोलुखुम्बु, मनाङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन । गत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको बताइएको छ ।




