मुख्य समाचार

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२ कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८ जना, ललितपुरमा १३ तथा भक्तपुरमा एक जना कारोना संक्रमित देखिएका हुन् । हालसम्म काठमाडौंमा २२४ जना, ललितपुरमा ६९ र भक्तपुरमा ४४ जना संक्रमित भेटिएका छन्।

उपत्यकामा तीन जिल्लामा हालसम्म ३२७ कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ११८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म देशभर संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ। हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन्। आठ हजार ६०३ जना आइसोलेसनमा छन्।

देशका विभिन्न स्थानका २३ हजार ९१० जना क्वारेन्टाइनमा छन्। देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८०६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर ३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *