काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक एक साताका लागि स्थगित गरिएको छ । दैवी प्रकोपका घटना बढ्दै गएकाले विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै स्थायी कमिटी बैठक सात दिन स्थगित गरिएको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार ट्वीटर गदैए सो जानकारी दिएका हुन् । पार्टीपंक्तिलाई उद्दार र राहतमा खटिन सहज होस भन्दै बैठक सात दिन पर सारिएको श्रेष्ठले बताए । यसअघि नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको थियो । स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका थिए ।
पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्ने नाममा पटक–पटक बैठक स्थगित गरिँदै आएको थियो । ओलीले राजीनामा नदिने अडान लिएका छन् भने प्रचण्ड–माधव नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद छोड्न दबाव दिँदै आएका छन् ।




