ताजा समाचार

प्रधानमन्त्रीको सुरक्षाका लागि खरिद गर्न लागेको इएलटिई र्‍यापिड खरिदको ठेक्का रद्ध

काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्रीका लागि खरिद गर्न खोजेको इएलटिई  र्‍यापिड कम्युनिकेसन सिस्टम ठेक्का रद्द गरेको छ। प्रधानन्त्री ओलीका आइटी विज्ञ अस्गर अलीको संलग्नतामा राज्यलाई ५ करोड अनावश्यक व्ययभार थप्नेगरी सुरु गरेको खरिद प्रक्रिया विवादमा परेपछि प्रहरीले ठेक्का रद्द गरेको हो।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले इएलटिई र्यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया रद्द गरेको जानकारी दिए। समय कम भएकाले ठेक्का रद्द गरेको बताउँदै अन्य विषय आफूलाई जानकारी नभएको उनले दावी गरे। प्रहरीले सिस्टम प्रस्तावदातालाई ठेक्का प्रक्रिया रद्द गरेको जानकारी पठाइसकेको प्रहरी स्रोतले बतायो।

इएलटिई (यापिड कम्युनिकेसन सिस्टम खरिदका लागि चिनियाँ कम्पनी हुवावेको तर्फबाट दुई कम्पनीले म्यानुफ्याक्चर्स अथोराइजेसन फर्म (माफ) पेस गरेकाले खरिद कानुन बमोजिम कालोसूचीमा राख्नुपर्ने विषय उठेपछि त्यसबाट उन्मुक्ति दिने उद्देश्यले ठेक्का रद्द गरिएको प्रहरी स्रोतको भनाइ छ। चीनले अनुदानमा दिएको सिस्टम प्रयोगमा ल्याउन सक्ने अवस्था हुँदाहुदै थप पाँच करोड अतिरिक्त व्यभार थप्न खोजेको भन्दै प्रहरीको सार्वजनिक आलोचना भएपछि अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली पनि पछि हटेको एक प्रहरी अधिकारी जानकारी दिए।

२०७३ मा चीन सरकारले प्रदान गरेको ५० थान र्यापिड कम्युनिकेसन सिस्टम नेपाललाई दिएको थियो। हुवावेले उत्पादन गरेको उक्त सिस्टम नेपाल टेलिकमले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो। चीनका राष्ट्रपति सी जिङ फिङ नेपाल भ्रमणमा आएका बेला प्रहरीले उक्त सिस्टम प्रयोगमा ल्याएको थियो। त्यसयता खासै प्रयोग गरेको छैन। तर अलीको जोडबलमा नयाँ सिस्टम खरिद गर्ने प्रक्रिया प्रहरी अघि बढाएको थियो।

जेठ २७ गतेको प्रिबिड मिटिङमा सहभागीले हुवावेलाई मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाएको आरोप लागेको थियो। आइटी विज्ञ अलीको संलग्नातामा हुवावे टेक्नोलोजिजलाई मिल्नेगरी स्पेसिफिकेसन बनाएर नयाँ ¥यापिड कम्युनिकेस सिस्टम खरिद गर्न खोजेको विषय सार्वजनिक भएपछि प्रहरी हच्किएको नेपाल प्रहरीका एक उच्च अधिकारीको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *