ताजा समाचार

पूर्वमन्त्री बस्नेतले गरे जम्बु बाढी पहिरोका घाइते ७ दिनको शिसुसहित ७ जनाको हेलिकोप्टरमार्फत उद्दार

काठमाडौं । बाह्रविसेको जम्बु बाढी पहिरो पीडितको उद्दारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत विहिबार बिहानैदेखि घटना स्थलमा खटिएका छन ।
पूर्व मन्त्री बस्नेतले बाढी पहिरोमा परेर घाइते भएका ७ जनालाई हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं ल्याएका छन । सात दिनको शिसु सहित सातै जनालाई उपचारका लागि हेम्स अस्पतालमा भर्ना गरिएको छ ।
बाढी पहिरोमा परेका सविना बस्नेत, फुर्वा तामाङ, सुदेश तामाङ, फुलमायाँ तामाङ, माधवकृष्ण बस्नेत, पेम्बालम्हु तामाङ र सुरेश तामाङको हेलिकोप्टरमार्फत पूर्वमन्त्री बस्नेतले उद्दार गरेका हुन । घाइते मध्ये सुरेश तामाङको अवस्था भने गम्भीर भएको अस्पताल स्रोतले जनाएको छ । जम्बु पहिरोका घाइतेहरु मध्ये बाह्रविसे गाथीका तीन जना र मार्मिङका बच्चा सहित ४ जना हुन ।


त्रासदिपूर्ण विपत्तिमा परेका उनीहरुलाई घटनास्थलमा एकविहानै पुगरे नेता बस्नेतले उद्दार गरी उपचारका लागि काठमाडौं पठाएका हुन । हरेक वर्ष प्राकृतिक विपत्तिले आहत बनेका सिन्धुपाल्चोक बासीको आशु पुच्छने र पीडामा मल्हम लगाउने काम नेता बस्नेतले गर्दै आएका छन । घटनास्थलमा विहिबार विहानै पुगेका पूर्व मन्त्री बस्नेतले बाह्रविसे बजारदेखि तातोपानी नाकाँसम्मको २६ किलोमिटर सडकमा बाढी पहिरोले क्षती पुर्याएको बताए । खोर्सानीबारीको सडक बगाएको छ नेता बस्नेतले भने खाद्दल खोलामा रहेको मोटरेवल पुलमाथिबाट पानी बगेको छ र त्यस आसपासका गाउँ पहिरोले ध्वस्त बनाएको छ । भोटेकोशी, झ्याले र चाकुमा पहिरो गएको छ । जम्बु आसपासको क्षेत्र उच्च जोखिममा छन ।
सरकारका सभामुख र मन्त्रीहरु राज्यको श्रोत दोहन गरेर हेलिकोप्टरमा घटनास्थलमा पुगेपनि उद्दारमा भने उदारता नदेखाएको पीडितहरुको आरोप छ ।

बुधबार राति अविरल वषासंगै आएको बाढी पहिरोले जम्बु र जम्बु आसपासको क्षेत्रमा आएको बाढी र पहिरोले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । निरन्तरको वर्षाले थप त्राश समेत पैदा गरेको स्थानीयबासीहरु बताउछन ।
जम्बु पहिरोमा बाहेक चाकुमा पनि दुई जना मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *